आज पनि माओवादी केन्द्रकाे केन्द्रिय कमिटि बैठक बस्ने
काठमाण्डाैँ। केन्द्रीय कमिटी आज बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।
यसअघि, हिजोको बैठकबाट पार्टीको तर्फबाट मन्त्री पदमा रहेका नेताहरूलाई मन्त्री पद त्यागेर फिर्ता हुन पार्टी केन्द्रीय कार्यालयले निर्देशन दिने भन्दै गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।
अन्य पार्टीमा रहेका केन्द्रीय कमिटीका सदस्यहरूलाई पनि आफ्नो स्थिति सार्वजनिक गर्न दिएको निर्देशनलाई समेत अनुमोदन गर्ने बैठकले निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
उनले सरकारमा रहेका पार्टीका पदाधिकारीलाई फिर्ता बोलाइएपनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नभएको पनि प्रस्ट पारे ।