हेटाैँडा गाेल्डकपमा बागमतीले सशस्त्रलाई हरायाे

निरन्तर न्यूज
१ चैत्र २०७७, आईतवार २०:५५

हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगिता अन्तरगत आज भएकाे खेलमा  सशस्त्र प्रहरी बलकाे एपीएफ बागमती युवा क्लब सर्लाहीसँग पराजित भएको छ ।

आईतबार हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको खेलमा २–१ गोलले एपिएफलाई हराउँदै बागमती प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ भने हारसँगै नेपाल एपीएफ क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

बागमतीको जितका लागी बिक्रम धिमाल र सागर शाहीले एक एक गोल गरे भने एपीएफको तर्फबाट रवि थिङले पेनाल्टिको सदुपयोग गर्दै एक गोल फर्काए । बागमतीको डिबक्समा हयान्ड भएपछि एपीएफले पेनाल्टि पाएको थियो ।

यो जित संगै अब बागमतीले सेमिफाईनल प्रवेशको लागि चैत ३ गते अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुनसंग भिड्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*