नेता राजेन्द्र श्रेष्ठ जसपाको छैटौँ मर्यादाक्रममा
काठमाण्डाैँ । जनता समाजवादी पार्टी (जसपा)को छैटौँ मर्यादाक्रममा राजेन्द्र श्रेष्ठलाई राखिएको छ । जसपाको गत ११ मार्चको पदाधिकारी बैठकले श्रेष्ठलाई छैटौँ मर्यादाक्रममा राख्ने निर्णय गरेको हो ।
श्रेष्ठ समाजवादी पार्टीका सहअध्यक्ष थिए । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वर्ष जेठमा एकता गरी जसपा बनाइएको थियो ।
जसपा बने पनि श्रेष्ठको मर्यादाक्रम मिलेको थिएन ।
हाल जसपामा पहिलो नम्बरमा डा. बाबुराम भट्टराईलाई राखिएको छ । भट्टराईपछि क्रमशः महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो छन् ।
जसपाका नेताहरु रकम चेम्जोङ, हेमराज राई, शरतसिंह भण्डारी, महेन्द्र यादव, पर्शुराम खापुङ, नवराज सुवेदी लगायत बाँकी सबैलाई ५१ सदस्यीय कार्यकारिणी समिति सदस्य बनाइएको छ ।
उक्त समितिमा रहेका सबैलाई पदाधिकारी मानिएको छ । तर, हालसम्म शीर्ष तहका पाँच जना नेता बाहेक अरुको पद र मर्यादाक्रम मिल्न बाँकी थियो ।