अकाेराबमा प्रेस मञ्चकाे ऐतिहासिक जित, सपथ ग्रहण सम्पन्न

३१ सदस्यीय केन्द्रिय समितिमा काे काे निर्वाचित
निरन्तर न्यूज
२८ फाल्गुन २०७७, शुक्रबार १६:०२

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल निकट पत्रकार सङ्गठन प्रेस मंच नेपाल र समाजवादी पार्टी नेपाल निकट पत्रकार सङ्गठन प्रेस नेपाल समायोजन भएर बनेको प्रेस मञ्च नेपालले हालै सम्मपन्न भएकाे  सामुदायिक रेडियाे प्रशारक संघ, अकोराबको चुनावमा ऐतिहासिक जित हासिल गरेको छ ।

काठमाडौंमा फागुन २५ र २  सम्पन्न भएको अकोराबको पन्ध्रौं साधारण सभा तथा सातौं अधिवेशनमा ले प्रेस मञ्च नेपालबाट प्रतिनिधित्व गरेका सबै ८ जना विजयी भएका छन् ।

प्रेस मञ्च नेपालबाट विजयी हुनेमा केन्द्रिय मधेसी उपाध्यक्षमा निमेष कर्ण, केन्द्रिय सचिवमा सुदर्शन खतिवडा, केन्द्रिय मधेसी सदस्यमा नवीन नरसिंह नेपाली, खुल्ला सदस्यमा धुवराज ढकाल र लेखा समिति सदस्यमा प्रल्हाद पोखरेल निर्वाचीत भएका छन् । यसैगरि प्रदेश नम्बर २ काे अध्यक्षमा मनोज कुमार यादव, उपाध्यक्षमा उपासना तिवारी र प्रदेश सदस्यहरुमा नागेन्द्र कुमार यादव र भारती गुप्ता  निर्वाचीत भएका छन् ।

संघकाे केन्द्रिय अध्यक्षमा अर्जुन गिरी गरी निर्वाचित भएका हुन् । गिरीेले माधव प्रचण्ड निकटका प्रतिष्पर्धि बनेका कपील देव खनाललाई १६२ मत अन्तरले पराजीत गरेका हुन् । गिरीले १६३ र खनालले जम्मा १३ मत प्राप्त गरेका थिए ।

गत फाल्गुन २२ गते प्रेस नेपाल र प्रेस मंच समायाेजन भएर केशव अर्यालकाे नेतृत्वमा प्रेस मंच नेपाल बनेकाे हाे ।

प्रेस युनियन, नेकपा केपी ओली निकट प्रेस संगठन र जनता समाजवादी पार्टी निकट प्रेस मन्च राप्रपा निकट मिडिया नेपाल र प्रगतिशिल पत्रकार संघकाे संयुक्त समिकरणमा चुनावी मैदानमा उत्रेका थिए ।

३१ सदस्यीय कार्यसमितिकाे सपथ र पहिलाे बैठक सम्पन्न

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको सातौं अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन भएका छन् ।

महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता डा. रामहरि त्रिपाठीले जानकारी दिएका छन् । यसैगरी खुल्ला केन्द्रीय सदस्यमा कृष्णहरि घिमिरे, नवीनराज पौडेल, ध्रुबराज ढकाल, रोशनमान श्रेष्ठ र शुक्रराज भण्डारी,महिला केन्द्रीय सदस्यमा कमला कँडेल, गीता न्यौपाने र दिपु पोखरेल (खेमकुमारी), मधेसी केन्द्रीय सदस्यमा नवीननरसिंह नेपाली र अजयकुमार यादव, जनजाति केन्द्रीय सदस्यमा कष्णकुमार एस्माली र पुष्पा चौधरी, दलित सदस्यमा हेमन्तबहादुर विश्वकर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट टेकबहादुर खड्का, प्रदेश २ बाट जिवछ चौधरी, बागमतीबाट भक्तबहादुर स्याङ्तान, गण्डकीबाट रामनारायण सुवेदी, लुम्बिनीबाट संगीत बस्याल, कर्णालीबाट बालकुमार शर्मा र सुदूरपश्चिम प्रदेशबाट केशवदत्त भट्ट चयन भएका छन् ।

लेखा समिति संयोजकमा भूमिराज चापागाईँ , सदस्यमा रामभरोसी महतो र प्रल्हाद पोखरेल चयन भएका छन् । महाधिवेशनले प्रदेश नम्बर १ मा विदुर खवास, प्रदेश नम्बर २ मा मनोजकुमार यादव, बागमती प्रदेशमा बलराम श्रेष्ठ, गण्डकी प्रदेशमा गणेश श्रेष्ठ, लुम्बिनी प्रदेशमा राजु खराल, कर्णाली प्रदेशमा गोरखबहादुर थापा र सुदूरपश्चिममा जगतबहादुर खड्काको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

पदभार ग्रहणपछि निर्वाचित अध्यक्ष अर्जुन गिरीले आगामी दिनमा सामुदायिक रेडियो प्रसारक संघलाई देशभरका सामुदायिक रेडियोहरूको हितमा अघि बढाउनका लागि आवश्यक नीति निर्माणका लाई पहल गर्ने बताएका छन् ।

कोभिड -१९ पछि थला परेका रेडियोहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्ने उनले बताएका छन् । निर्वाचित महासचिव किशोरजङ्ग थापाले अकोराबलाई सबैको साझा संस्था बनाउन आफू लागिपर्ने बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*