बिप्लव र माओवादी केन्द्रबीचकाे तीनबुँदे सहमति के के हाे ?
काठमाण्डाैँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ।
शनिबार बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो। तीन बुँदे सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरुबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ।