नेकपा माओवादी केन्द्र मकवानपुरकाे कार्यालयमा बोर्ड
हेटौंडा। नेकपा माओवादी केन्द्र मकवानपुरले जिल्ला कार्यालयमा बोर्ड राखेको छ । एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान र अध्यक्ष प्रेम बहादुर पुलामीको उपस्थितीमा बोर्ड राखिएको हो ।
हेटौंडा ४ गादोईस्थित पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखेपछि बोल्दै इन्चार्ज मोक्तानले अदालतको फैसला सम्मान गर्न माओवादी केन्द्रको बोर्ड राखिएपनि पुनः पार्टी एकता हुने बताइन् । ‘अहिले हामी फरक फरक भएका छौं,तर पनि छिट्ट हामी एक हुनेछौं’, उनले भनिन् ।
पार्टी अध्यक्ष पुलामीले नयाँ ढंगले राजनीतिक घटना अघि बढेको बताउँदै नेकपा नेकपाकै नाममा धेरै जनप्रतिनिधिले निर्वाचन जितेकाले यसबारे संबैधानिक ब्याख्या आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा मकवानपुरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।