मकवानपुर गाेल्डकप शुरु. प्रतियाेगिता चैत ७ गतेसम्म चल्ने
हेटौंडा । मकवानपुरका स्थानीय सरकारको सहयोगमा राष्ट्रिय फुटबल प्रतियोगिता हेटौंडाको फरेष्ठी खेल मैदानमा बिहीबारबाट सुरु भएको छ । स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करण सुरु भएको हो । खेलको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) ले गर्नुभयो ।
सबैको सहयोगबाटनै चितवनमा २२ वटा बिधाका खेल खेल्नसक्ने रंगशाला निर्माण भइरहेको वताउनुभयो । रंगशाला निर्माणमा सरकारी स्तरबाट पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेकोमा प्रसंसा गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहनागरपालिकाका मेयर हरि बहादुर महत, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, खेलका संयोजक प्रताप विष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभयो ।
कार्यक्रम जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको हो । आजको पहिलो खेल मकवानपुर–११ र नबजनजागृति क्लब शिमराका विचमा भएको छ ।
बिहीबारबाट सुरु भएको फुटबल चैत ७ गते सम्म सञ्चालन हुने छ । स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करण भएको हो । दश वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता आजबाट हेटौंडामा सुरु हुने भएको छ ।
२०६२। ०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण बिहीबारबाट चैत्र ७ गतेसम्म सञ्चालन हुने भएको छ । विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् । सबै भन्दा धेरै सहयोग हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ गरेको छ ।
प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ। नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ।
यसअघि एन्फा क्यालेन्टर अनुसार प्रतियोगिता गर्न सक्दा पछाडी सार्दा कोरोना भाइरसको संक्रमण कारण प्रतियोगिता स्थगित हुन पुगेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।