चलचित्र पत्रकार संघ मकवानपुरकाे साधारणसभा सम्पन्न
हेटाैँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।
सभामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव बिष्टले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पु¥याउने कुनै गतिविधि हुन नहुने धारणा व्यक्त गरे । मुलुकमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई उनले अपिल गरेका छन् ।
चलचित्र पत्रकार संघ नेपाल (संगठन) उपाध्यक्ष कुवेर डंगोलले मकवानपुर चलचित्र छायांकनका लागि उपयुक्त भएको बताउँदै चलचित्र छायांकनबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्न सुझाव दिएका थिए ।
साधारणसभामा संघ स्थापनाका संस्थापक कार्यसमिति अध्यक्ष कुमार अधिकारी, उपाध्यक्ष सुनिता शर्मा लुईटेल, कोषाध्यक्ष सुधिरभद्र श्रेष्ठ, सह सचिव बालकृष्ण अधिकारी, सदस्यहरुमा रामशरण दुलाल, सुजन विडारी, कपिल खड्का, श्रद्धा ढुङ्गानालाई कदरपत्रले सम्मान गरिएको थियो । सभामा संघका सचिव श्रीराम अर्जुनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १७ स्थित सालकपार्कमा भएकाे साधारणसभा संघका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको हाे । कार्यक्रममा पत्रकार तथा कलाकारहरुकाे उपस्थिति रहेकाे थियाे ।