विप्लव, मोहन बैद्य, आहुती र ऋषि कट्टेलको संयुक्त बैठक

निरन्तर न्यूज
२२ फाल्गुन २०७७, शनिबार १८:२४

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ सहित चार दलीय रणनैतिक संयुक्त मोर्चाको बैठक बसेको छ । विप्लव समूहमाथिको प्रतिवन्ध हटेको भोलिपल्ट अबको रणनीति बनाउनेबारे छलफल गर्न बैठक बसेको हो ।

काठमाडौंमा बसेको बैठकमा नेताहरु मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, आहुति, ऋषि कट्टेल, सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, जागृत रायमाझीलगायत सहभागि भएका थिए । बैठकमा चार कम्युनिष्ट पार्टीको रिपोर्ट, समीक्षा र भावी रणनीतिका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

सरकारविरुद्ध मोर्चाबन्दी गर्नका लागि उनीहरुले केही समयअघि मात्रै संयुक्त रणनीतिक मोर्चा बनाएका थिए। मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*