विप्लवले प्रधानमन्त्रीसँगै उभिएर के-के उद्घाेष गरे ?

निरन्तर न्यूज
२१ फाल्गुन २०७७, शुक्रबार १५:४७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले ३ बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको भन्दै आशंका र कुतर्क नगर्न अनुरोध गरेका छन् ।

यसअघि पनि प्रधानमन्त्रीसँग आफ्नो कुरा भइरहेको भन्दै उनले भने- ‘नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउनेबारे हाम्रो छलफल चलेको थियो । नेपाली समाजको रुपान्तरण हुँदै आएको छ तर पूर्ण भएको छैन । मजदूर, किसान, दलित महिला उत्पिडित मधेसी सन्तुष्ट छैन । श्रमजीवि वर्गको प्रतिनीधि बनेका कारण नेपालमा व्याख्या गरिएको पूँजीवादी व्यवस्थामा सहमत नभएर नेपाली राजनीतिको रुपान्तरणको प्रक्रियामा सहमत नभएका कारण विद्रोह गरेका हौँ । हाम्रो भनाई अहिले पनि आज नेपालमा सुरक्षित हुने अवस्था छैन । आफने जीवनमाथि आफौ हावी भएको नेतृत्व हावी भएको अवस्था छैन । झुपडी होस् वा महल जहाँपनि नेपालीको अनुभूति छ । एकपटक नयाँ प्रयोग गर्ने । जनतालाई नयाँ फैसला गर्ने अधिकार छ ।’

नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीचमा भएको सहमति पत्रमा हस्ताक्षर समारोहमा बोल्दै उनले आजको दिनसम्म आईपुग्न सहयोग गर्ने सबैलाई सम्मान व्यक्त गर्दै धन्यवाद दिए।

उनले भने, ‘केवल पार्टीको कुरा मात्रै होईन । केही नेताको कुरा मात्रै होईन । त्यो भित्र महान् आकांक्षा छ । नेपाललाई सुन्दर बनाउने दिगो शान्ति र स्थीरता, युवामा हुर्किएको समृद्ध मुलुकको चाहना पूरा गर्नको लागि हामीले यो कदम चालेका हौँ । सबैबाट सकारात्मक सहयोग प्राप्त गरेका छौँ र धन्यवाद दिन चाहन्छौँ ।’

उनले झापा आन्दोलनमा ज्यान गुमाउनेहरु र देश परिवर्तको लागि लड्दा सहादत प्राप्त गर्ने सबैप्रति उच्च सम्मान व्यक्त गर्छौ । त्यसैले यो ऐतिहासिक दिन हो। त्यसैले सहिदका सपना मर्न दिँदैनौँ । तिनले देशमा चाहेको कुरा र तिनका अठोट मर्न दिन दिँदैनौँ । उनले जोड दिएर भने, ‘जनताले फैसला दिने अधिकार पाउनुपर्छ ।’

देशमा विदेशी हस्तक्षेप भइरहेको दोहोर्याउँदै उनले भने, ‘विदेशीले हमला गर्न खोजेमा हाम्रो जीवन धर्तिमा गाडिएला तर हामी झुक्दैनौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*