नेपाल सरकार र नेकपा बिप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर

निरन्तर न्यूज
२१ फाल्गुन २०७७, शुक्रबार १५:३१

काठमाण्डाैँ ।  केपी शर्मा ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समाराेहमा दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सरकारी टोलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले सहमतिपत्रमा प्रधानमन्त्री ओली र महासचिव विप्लवको उपस्थितिमा ३ बुँदे सहमतिमा  हस्ताक्षर गरेका हुन् ।

उक्त बुँदाहरुमा विप्लव समूहले  शान्तिपूर्ण राजनीति गर्ने र सरकारले विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने कुराहरु उल्लेख गरिएकाे  बार्ता टाेलीका सदस्य राजन भट्टराईले पढेर सुनाएका थिए ।

सरकार र विप्लव समूहबीच लामो समय अनौपचारिक छलफल भएपछि फागुन १९ र २० गते औपचारिक वार्ता भएको थियो । सरकारले विध्वंसात्मक गतिविधि सञ्चालन गरेको भन्दै विप्लव समूहलाई २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो। सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै यो अवधिमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्ने क्रम पनि सुरु भएको छ ।

वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा संयोजक र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका थिए भने विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्ड संयोजक र उदयबहादुर चलाउने दिपक सदस्य रहेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*