रेशम चौधरी लगायत राजबन्दीहरुलाई रिहाइ गर्नुपर्छ : डाक्टर भट्टराई

निरन्तर न्यूज
२१ फाल्गुन २०७७, शुक्रबार ०७:४४

काठमाण्डाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गरी सहमति गरेकोलाई स्वागतयोग्य भनेका छन् ।

उनले अब रेशम चौधरी लगायत थारु विद्रोहका सबै राजबन्दीहरुलाई पनि रिहाइ गरेर उनीहरुसँग पनि सार्थक वार्ता गर्नुपर्ने बताएका छन् ।

नेता भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ,’ उनले लेखेका छन्, ‘यसरी नै सरकारले सांसद रेशम चौधरी लगायत थारु विद्रोहका सबै राजबन्दीहरुलाई रिहाइ गरेर उनीहरुसँग सार्थक वार्ता गरोस् र उनीहरुका माग सम्बोधन गरोस् । संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्र हल हुन्छन है, नत्र जो होचो उसको मुखमा घोचो हुनेछ ।’

टीकापुर घटनाका मुख्य दोषी ठहर गरी रेशम चौधरी थारुहरुलाई हाल जेलमा राखिएको छ । पहिचानको आधारमा थरुहट स्वायत्त प्रदेश निर्माणको आन्दोलनको क्रममा २०७२ सालमा टीकापुर घटना घटेको थियो ।

उक्त घटना राजनीतिक भएकोले राजनीतिक रुपमै समाधान गर्नुपर्ने माग उठ्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*