अस्पतालबाटै बाबुरामको टिप्पणी : घरज्वाईंलाई खानकै धन्दा भनेझैं पुरानै कुर्सीको खेल शुरू हुने खतरा

नयाँ राष्ट्रिय सहमति खोजौं
निरन्तर न्यूज
१३ फाल्गुन २०७७, बिहीबार १३:०६

काठमाण्डाैँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सर्वोच्च अदालतकाे फैसलापछि राजनीति पुनः राजनैतिक दल तथा नेताको कोटमा पुगेको बताएका छन् ।

बिहीवार सामाजिक सन्जालमा लेख्दै  भट्टराईले यस्तो अवस्थामा घर ज्वाईंलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा भएको टिप्पणी गरेका छन् । टाउकाे गन्ती, ज्याेतिषकाे जाेखाना किनबेचकाे श्रृंखला चल्न सक्छ ।

डा. भट्टराईले देशको आवश्यकता र जनताको चाहनाबाट दल तथा नेताले पाठ सिक्दै नयाँ राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् ।

यस्तो छ भट्टराईको ट्वीट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*