सर्वोच्च अदालतको फैसला ऐतिहासिक : सभापति देउवा
काठमाण्डाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन्।
सर्वोच्च अदालतको फैसला स्वागतयोज्ञ छ। मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिए। सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद पुनर्स्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ,’ मंगलबार साँझ देउबाले ट्वीट गरेका छन्।
उनि भन्छन्-संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरू समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो। सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ। यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु।