प्रतिनिधिसभा पुर्नस्थापनाको निर्णयपछि हेटौडामा दिप प्रज्वलन

निरन्तर न्यूज
१२ फाल्गुन २०७७, बुधबार ०९:०६

हेटाैँडा । नेपाल कम्युनिष्ट पार्टी प्रचन्ड–माधव समूह मकवानपुरले प्रतिनिधिसभा पुर्नस्थापनाको निर्णयपछि हेटौडाको बुद्धचोकमा गरिएको दिप प्रज्वलन गरेकाे छ ।

कार्यक्रममा नेता  विरोध खतिवडाले सर्वोच्च अदालतको प्रतिनिधीसभा पूर्नस्थापनाको निर्णयसंगै तानाशाही परास्त भई लोकतन्त्रको विजय भएको बताउनु भएको छ । नेता खतिवडाले लोकतन्त्र बाँचे हरेक नागरिक स्वतन्त्र र हरेक पार्टी विजयी हुने अवसर मिल्ने बताउनुभयो । यो हार पछि तानाशाहहरु खुट्टा समातेर माफी माग्न आउन सक्ने तर्फ सचेत गराउँदै उहाँले भन्नुभयो-“त्यस्ता चिन्तन बोकेका मान्छेलाई कदापी फेरी कुनै मौका दिइने छैन ।”

उहाँले राष्टपति विद्यादेवी भण्डारीले संविधान र लोकतन्त्रको संरक्षण गर्नुको साटो ओलीको संरक्षण गरेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, सचिव प्रेम बहादुर पुलामी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*