ग‌ंगा श्रेष्ठकाे राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ( भिडियाेसहित )

निरन्तर न्यूज
१० फाल्गुन २०७७, सोमबार ११:०५

काठमाडौं । जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव) ले आफ्नो ५२औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ल्याएका छन् ।

‘सयौं भाषा, सयौं भेष, सयौं जात–जाति, सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’ बाेलकाे गीतमा नेपाल १२५ जात–जाति र १२३ भाषाभाषी भएको इन्द्रधनुषी देश रहेकाे सन्देश दिन खाेजिएकाे छ ।

नेपालमा बसोबास गर्ने मुख्यमुख्य राष्ट्रियता (जातीय–भाषिक समुदाय) हरूका विषयमा गीतमा उल्लेख गरिएको छ ।

राष्ट्रिय एकताको नाममा कसैको पहिचान नस्वीकार्ने अनि पहिचानको नाममा नेपाली हूँ भन्ने नै बिर्सने यी दुबै अतिवादी विचलनविरुद्ध रहेकाे यस गीतमा नेपाली हुनुमा असाध्यै गर्व गरेकाे शब्द सुन्न सकिन्छ । साथै सबै जात–जाति, भाषाभाषी, भेषभूषा, भूगोल, संस्कृति सबैको सम्मान पनि गरेकाे गीतकाे सारले ले वैचारिक सन्देश समेत दिन खाेजिएकाे छ ।

हाइलाइट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएकाे गीत हेेरेर गीतकार श्रेष्ठले सल्लाह, सुझाव दिनकाे लागि आग्रह गरेका छन् ।

जनयुद्धकालका कुशल नेतृत्वका रुपमा परिचित गीतकार श्रेष्ठ, सांसद , प्रधानमन्त्रीकाे प्रमुख स्वकिय सचिवदेखि नयाँ शक्ति पार्टीकाे बैकल्पिक राजनीतिक यात्रबाट अघि बढिरहेका उनी समाजवादी पार्टीका महासचिवहुँदै हाल जनता समाजवादी पार्टीका दाेश्राे पुस्ताका अग्रज नेता हुन् ।  उनले थुप्रै पुस्तकसमेत प्रकाशन गरिसकेका छन् ।

राजेश पायल राईको लिड भोकल रहेको यस गीतको संगीत रमेश खड्काले गरेका छन् । शब्द त सुन्दर छँदैछ, त्यतिकै सशक्त स्वर र संगीत पनि छ । समग्रमा गीत सुन्दर र उत्कृष्ट छ ।

 

भिडियाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*