कुनै बेला महाराजलाई पनि ओलीलाई जस्तै भिडको भ्रम थियोः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले अहिले प्रधानमन्त्री केपी ओलीलाई जस्तै भिडको भ्रम कुनै बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भएको स्मरण गराएका छन् ।
प्रम ओलीले न्यायालय र अदालतलाई धम्क्याउँदै सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेता थापाले ओलीलाई अतित स्मरण गराएका हुन् ।
यस्तो छ अदालत र निर्वाचन आयोगबारे ओलीको अभिव्यक्ति-
अदालतलाई चेतावनी : सर्वोच्च अदालतले कुनै अकल्पनीय फैसला गर्ने कुरा सोच्न पनि सकिँदैन । सम्मानित सर्वोच्च अदालतले देशभरि भएका सभाहरूलाई हेरेको होला, यस्ता सभाहरूबाट प्रकट जनमतको विश्लेषण गरेको होला । तपाईंहरू निर्धक्क चुनावको तयारीमा लाग्नोस् । त्यसविपरीत सेटिङमा प्रतिनिधिसभा पुनस्र्थापना भयो भने हामी आन्दोलन गर्नेछौँ ।
आयोगलाई धम्की : ०४७ मा मैले नै हो एमालेको सूर्य चिह्न वैधानिक रूपले दर्ता गराएको । मैले धेरैपटक सूर्य चिह्नबाट चुनाव लडेको छु । तर, प्रचण्डले एकपल्ट पनि लडेका छैनन् । एकपल्ट पनि चुनाव नलड्ने अनि सूर्य चिह्न दाबी गर्ने ? चुनाव चिह्न हामीले नै पाउँछौँ । नपाउने कुनै कारण छैन । कुनै पनि जालझेल, सेटिङ भए हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।