रेडियाे थाहा सन्चारकाे वार्षिकाेत्सव सम्पन्न
हेटौंडा । रेडियो थाहा सञ्चारले शुक्रबार दुई जनालाई थाहा वर्ष सम्मान प्रदान गरेको छ । रेडियोको १३औं वार्षिकोत्सवकाे समापनकाे अवसरमा शुक्रबार समाजका लागि योगदान पुर्याउने दुई जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वार्षिकोत्सव समापन एवम् साहित्य सम्मेलन गर्दै कृषि क्षेत्रमा योगदान पु¥याए बापत नारायणप्रसाद देवकोटा र साहित्यमा योगदान पु¥याएबापत मुना अर्याललाई ‘थाहासम्मान २०७७’ सम्मान प्रदान गरिएको हो ।
सम्मानित भएका देवकोटाले दुग्ध उत्पादक सहकारी संस्था स्थापना गरी जिल्ला तथा केन्द्रीय दुुग्ध उत्पादक सहकारी संस्थालाई नेतृत्व दिँदै दुग्ध यवसायलाई सहकारी अभियानमार्फत प्रबद्र्घनका लागि योगदान पु¥याएका छन् भने मकवानपुर, हेटौंडाक मुना अर्याल विगत सत्र वर्षदेखि साहित्यमा सक्रिय भई समाजलाई योगदान पु¥याएकी छिन् । उनको एक महाकाव्य समेत प्रकाशित छ ।
कार्यक्रममा दीपक गौतम, छवि अनित्य, एसके निधन, मनोज पोखरेल, भावना सापकोटा, दिनेश शर्मा न्यौपाने, डिवि बर्तौला, अनिता न्यौपाने लगायतका साहित्कारहरुले रचना वाचन गरेका थिए । रेडियो सञ्चालक अरुणराज सुमार्गीको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा बार्षिकोत्सव समारोह आयोजना भएको हो । कार्यक्रममा साहित्यकार तुल्सी थापा, धनराज गिरी र बागमती प्रदेशका प्रेस रजिष्टार रेवतीप्रसाद सापकोटा लगायतको आतिथ्यता थियो ।