आफुपक्षकाे सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री ओली आज बिराटनगर जाँदै
काठमाडौं । केपी शर्मा ओली समूहको नेकपाले आज शनिवार विराटनगरमा सभा गर्दै छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका सो समूहका अध्यक्ष ओली आज विराटनगर जाँदै छन् ।
विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ । कार्यक्रमको तयारीका लागि ओली समूहको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको छ ।सभामा ओलीसहित गृहमन्त्री राम बहादुर थापा, नेता सुवास चन्द नेम्वाङ, प्रदेश मुख्यमन्त्री शेरधन राईलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमलाई सफल बनाउन सो समूहले यसअघि नै बृहत् मोटरसाइकल र्याली तथा मार्चपास गरेको थियो । आजको कार्यक्रममा प्रदेश नम्बर १ बाट मात्रैख १ लाखभन्दा बढी मानिस जनसभामा उतार्ने उनीहरुको दाबी छ ।