हेटाैँडामा ७१ औं प्रजातन्त्र दिवश मनाइयाे
हेटाैँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज ७१ औं प्रजातन्त्र दिवश भव्य कार्यक्रम गरि मनाईएको छ ।
प्रदेश स्तरीय मुल समारोह समितिको आयोजनामा हेटौंडा–४ स्थित भुटनदेवी माविको प्रङ्गणबाट प्रभातफेरी सहित बजारका विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । यससँगै झण्डात्तोलनका साथै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेर दिवश मनाईएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री एवम् मुल समारोह समितिका संयोजक डोरमणि पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमु आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा नेपाली सेनाद्धारा सलामी अर्पण, बेलुन उडाउनुका साथै दिवशका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा बिजेता खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न समुदायले आफ्नो झाँकी समेत प्रर्दशन गरेका थिए ।