नेकपा प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेकपा प्रचण्ड-माध समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा निर्वाचन आयोगमा विचाराधीन रहेको पार्टी आधिकारिकताको मुद्दाका बारेमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने कार्यक्रम छ ।
केन्द्रीय कमिटी बैठकअघि आजै बसेको स्थायी कमिटी बैठकमा समसामयीक विषयमा कुराकानी भएको थियो ।
आज केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन नेकपाले निर्देशन दिएको थियो। निर्वाचन आयोगमा लैजाने प्रयोजनका लागि नेकपाले नागरिकता र सदस्यता परिचय पत्र संकलन गरिएको छ ।