फागुन ७ ले प्रतिनिधि सभा विघटनको आन्दोलनमा थप ऊर्जा देओस् : सभापति देउवा

निरन्तर न्यूज
७ फाल्गुन २०७७, शुक्रबार ११:१२

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवसमा शुभकामना दिँदै फागुन ७ ले प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनमा ऊर्जा दिने बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘संसद विघटन विरूद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष ऊर्जा सबैलाई प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

देउवाले प्रजातन्त्र स्थापना र जनआन्दोलनलाई समेत स्मरण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*