आफैं अदालत जाँदै प्रधामन्त्री ओली

निरन्तर न्यूज
६ फाल्गुन २०७७, बिहीबार ११:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सर्वोच्च अदालत जाने भएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न ओली आज आफैं अदालतमा उपस्थित हुने भएका हुन् ।

प्रम ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । सोही दिन चार पूर्व प्रधानन्यायधाीशहरु तथा पूर्व सभामुख दमनानाथ ढुंगानालाई पनि एकै प्रकृतिको आदेश भएकोमा उनीहरु अदालतमा हाजिर भएर जवाफ दिइसकेका छन् ।

बाटोको म्याद बाहेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलवारमात्र म्याद तामेल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*