बागमती प्रदेशसभा स्थगित गरेकोमा विरोध, उपसभामुखलाई विरोधपत्र

निरन्तर न्यूज
५ फाल्गुन २०७७, बुधबार १५:४८

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सूचना टाँसेर पटक पटक स्थगित गरिएकोमा सांसदहरुले विरोध गरेका छन् ।

बुधबारका लागि बस्ने भनिएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरेपछि प्रदेशसभामा पुगेका सांसदहरुले विरोध गरेका छन् ।

मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथि बैठकमा छलफल हुने भनिएकोमा एकाविहानै अचानक संसद स्थगित गर्नु निन्दनीय विषय भएको सांसद प्रतिमा श्रेष्ठको भनाई छ ।

मूख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएपछि दुई पटक सूचना टाँसेर संसद बैठक स्थगित भईसकेको छ । मंगलबार सभामुख सानुकुमार श्रेष्ठ, प्रतिपक्षी नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, सत्तापक्ष र अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षसहितको बैठकमा बुधबार संसद संचालन गर्ने र अविश्वासको प्रस्तावमाथि छलफल हुने सहमति भएको नेकपा (दाहाल–नेपाल) का संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले  बताईन् । तर छलफलको सहमतिलाई सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक लत्याएर काम गरेको उनको आरोप छ । सभामुखले कार्यव्यवस्था समितिमा छलफल गरेर अघि बढ्नुपर्नेमा पटक पटक नियम मिचेर प्रदेशसभालाई नै औचित्यहिन बनाउने काम गरेको नेकपा (दाहाल–नेपाल) का संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यको जिकिर गरिन् ।

मूख्यमन्त्री डोरमणि पौडेलमाथिको अविश्वासको प्रस्ताव दर्ता भएको २ महिना हुन लाग्दा समेत यसलाई निस्कर्षमा पु¥याउन सभामुख श्रेष्ठले चासो नदिनुमा केन्द्रीय राजनीतिको प्रभावको रुपमा सांसदहरुले लिएका छन् । उनीहरुले सांसद सुचारु गराउन उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएका छन् । त्यसपछि उपसभामुखले विरोधपत्र प्रदेशसभा सचिव कृष्णहरी खड्कालाई हस्तान्तरण गरेकी थिईन् । अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले निरन्तर आन्दोलन गरेर सभामुखलाई प्रदेशसभा संचालनका लागि बाध्य पार्ने सांसद प्रेमबहादुर पुलामीको चेतावनी छ ।

गत पुस १० गते नेकपाकै ४५ जना सांसदले मूख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यस यता माघ १९ र फागुन ५ गते बस्ने भनिएको प्रदेशसभा बैठक मूख्यमन्त्री पौडेलमाथिको अविश्वासको प्रस्तावबारे हुने छलफल छल्न सूचना टाँसेर स्थगित भईरहेको छ । यसले प्रदेशका नागरिकसंग जोडिएका अन्य विषय प्रदेशसभामा प्रवेश गर्ने बाटो समेत बन्द भएकाले अविश्वासको प्रस्ताव टुंगो लगाउनुपर्ने आवाज बलियो बन्दै गएको छ । प्रष्टखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*