सर्वोच्चमा बुझाए चार पूर्वप्रधानन्यायाधीसहरुले लिखित जवाफ
काठमाडाैं । चार जना पूर्व प्रधानन्यायाधीसहरुले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । उनीहरुविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा वक्तव्य जारी गरेर अदालतको अपहेलना गरेको भन्दै रिट परेको थियो ।
उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले आफैं उपस्थित भएर जवाफ पेस गर्न आदेश दिएपछि उनीहरु सोमबार आफैं पुगेर अदालतसमक्ष लिखीत जवाफ पेश गरेका हुन् ।
पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा उपस्थित भएर रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाई म्याद तामेलीसमेत आफैं बुझेकाे पूर्व प्रधानन्यायाधीश मिनबहादुर रायामाझीले जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदम असंवैधानिक भन्दै चार जना पूर्वप्रधानन्यायाधीसहरुले संयुक्त वक्तव्य जारी गरेका थिए ।
न्यायाधीस मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो ।