प्रतिगमन बिरुद्ध कांग्रेसकाे सोमबार हेटौंडामा विरोध प्रदर्शन

प्रदर्शनमा हरेक घरबाट सहभागिता जनाउन देउवाको अपील
निरन्तर न्यूज
२ फाल्गुन २०७७, आईतवार १९:५३

हेटौंडा  । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसले सत्तारुढ दल र उसबाट टुक्रिएको घटकले जस्तो सडकमा शक्ति प्रदर्शन गर्दै नहिड्ने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको पार्टीले घोषणा गरेको विरोधका कार्यक्रमको दोश्रोचरणको अन्तिम कार्यक्रम अघि पत्रकारहरुसँग कुरा गर्दै नेता बानियाँले नेपाली कांग्रेसले शक्ति प्रदर्शन चुनावमा देखाउँने बताएका हुन् ।

नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बानियाँयाले कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षामा रहेको र सम्मानित अदालतको निर्णय पनि मान्ने भएकाले कम्युनिष्टहरुले जस्तो लोकतन्त्र र संविधानलाई खतरामा पारेर स्वार्थ केन्द्रीत भएर काम नगर्ने स्पष्ट पारे ।

नेता बानियाँले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम असंबैधानिक र अलोकतान्त्रिक भएकाले विरोध गर्दै आएको बताए । उनले पार्टीले आयोजना गर्ने विरोध कार्यक्रममा सहभागिताका लागि आम सर्वसाधरणहरुलाई आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदिप कोइरालाले सोमबार हुने बिरोध कार्यक्रम अन्तर्गत १२ बजे पार्टी कार्यलयमा भेला भएर निस्कने विरोध र्याली मानसचोक, लोकप्रिय भोजनालय हुँदै उद्योगवाणिज्य संघ चोकमा सभामा परिणत हुने जानकारी दिए ।

नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सल्लाहाकार उमा दाहाल, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्यहरु राजिव सुवेदी, सुनिल दाहाल, सुनिल अधिकारी, प्रदेशसभाका क्षेत्रिय सभापति ताराप्रसाद लामिछाने, नगरासभापति आनन्दराम पराजुली लगाएतको उपस्थिति रहेको थियो ।

सभापति देउवाकाे अपील

भोलिको विरोेध प्रदर्शनमा व्यापक सहभागिता जनाएर संसद विघटनविरुद्ध ऐक्यवद्धता जनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले ७७ वटै जिल्ला कार्यसमितिले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागि हुनको लागि अपील गरेका हुन् ।

“केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु ।” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*