फागुन ५ बाट नेकपा प्रचण्ड-माधव समूहकाे तेस्रो चरणको आन्दोलन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।
आइतबार सो समूहले पेरिसडाँडामा पत्रकारसम्मेलन मार्फत तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । केन्द्रीय संघर्ष समितिद्वारा घोषित कार्यक्रमहरु फागुन ५ देखि २१ गतेसम्म संचालन गरिने भएको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
–फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रम गर्ने ।
–फागुन ६ गते मानव साङ्लोले काठममाडौंको टुडिँखेल घेराउ गर्ने।
–७ गते सवै वडामा कार्यक्रम गर्ने ।
–८ गते राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसमेतको उपस्थितमा वृहत अन्तरक्रिया गर्ने ।
–९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने ।
– फागनुन १० गते काठमाडौं उपत्यकाका प्रत्येक जिल्लाका दलितद्वारा प्रदर्शन गरिने ।
–फागुन १४ गते काठमाडौंमा वृहत युवा र्याली गर्ने ।
–फागुन २१ गते दाङ र १२ गते चितवनमा वृहत विरोध कार्यक्रम गर्ने ।
नेकपाको प्रचण्ड- माधव समूह संसद विघटनपछि लागातार सडकमा आन्दोलित छ । संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईले यसअघि भएका दुई चरणका आन्दोलनहरु सफल भएको निचोडसहित अब तेस्रो चरणको आन्दोलन चर्काउने चेतावनी दिएका छन्।