हेटाैँडामा २६ औं जनयुद दिवस मनाइयाे

निरन्तर न्यूज
२ फाल्गुन २०७७, आईतवार ०८:२३

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले मकवानपुरमा २६ औं जनयुद्ध दिवस मनाएको छ ।

मकवानपुरगढी गाउँपालिका कालिखोलास्थित जनयुद्धका सहिद तथा तत्कालिन नेकपा माओवादीका नेता स्वर्गीय रुद्र पाख्रिनको प्रतिमामा माल्यार्पण गर्दै जनयुद्ध दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धि रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतान्त्रिक संविधानमाथि कु गरेर लोकतन्त्रलाई खतरामा पारेको उनेको भनाई छ । ‘अब यो उपलब्धि रक्षा गर्न तेस्रो जनआन्दोलनको आवश्यकता छ’, न्यौपानेले भने, ‘सबै नेपाल फेरि एकपटक उपलब्धि रक्षाको लागि अघि बढ्न जरुरी छ ।’

मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोध खतिवडा, नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामी, नेताहरु हर्कमाया रुम्बा, ललित घलान, बद्रि लम्साल, श्रीधर पोखरेल, प्रमिला पुलामी, कमानसिं पाख्रिन (पृथक), मानकुमारी नेपाली, रामजी सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

यसैगरि हेटाैँडाकाे मुख्य चाेकमा दिप प्रज्वलन गरि जनयुद्ध दिवस मनाइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*