जनयुद्ध लगायत विभिन्न आन्दोलनको उपलव्धी रक्षा गर्नु अहिलेको मूख्य चुनौति : डाक्टर भट्टराई

निरन्तर न्यूज
२ फाल्गुन २०७७, आईतवार ०८:१४

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जनयुद्धबारे साझा बुझाइ बनाउन जरुरी भएको बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले शनिबार काठमाडौंमा आफूद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा यस्तो बताएका हुन् ।

वर्तमान संविधान लेखनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले जनयुद्ध लगायत विभिन्न आन्दोलनको उपलव्धी रक्षा गर्नु अहिलेको मूख्य चुनौति रहेको जिकिर गरे ।

उनले सहिद र बेपत्ता परिवारको विषयलाई टुंग्याउनुपर्ने उल्लेख गर्दै जनयुद्ध दिवसलाई साझा दिवसको रूपमा मनाउने वातावरण बनाउनका लागि आग्रह गरेका छन् ।

लामो समयसम्म लडेर प्राप्त उपलब्धि बचाउनतर्फ लाग्नुपर्ने भन्दै उनले ओलीको कदमविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीको कदमलाई उनले प्रतिगमन मात्रै नभएर प्रतिक्रान्तिको संज्ञा दिए ।

उनले केपी ओलीले राष्ट्रघातको मकुन्डो लगाएको आरोप लगाए । प्रचण्डलाई पदको लोभ नगरी नयाँ पुस्तालाई अगाडि सार्न सुझाब दिँदै उनले भने ‘नयाँ पुस्ताहरू समेत सडकमा आइरहेका छन्, सबै दल र नागरिक समाज एकजुट भएर लाग्नुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*