बाबुराम, प्रचण्ड र रामचन्द्र पाैडेल आज एउटै मञ्चमा

निरन्तर न्यूज
१ फाल्गुन २०७७, शनिबार ०८:३१

काठमाण्डाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज शनिबार एउटै मञ्चमा सहभागी हुनेभएका छन्। यससँगै उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी हुनेछन्।

जनयुद्ध दिवसको अवसर पारेर भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन कार्यक्रममा तत्कालीन माओवादी नेतासहित अन्य नेताहरु एउटै मञ्चमा सहभागी हुन लागेका हुन्।

आज शनिबार बालुवाटारको एक पार्टी प्यालेसमा आयोजना गर्न लागिएको सो कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल, जसपा नेता अशोक राई, डा. मीना पौडेल र तुला नारायण शाह बक्ता रहनेछन् ।

तत्कालीन माओवादी पार्टी छाडेर नयाँ शक्ति गठन गरी, संघीय समाजवादी पार्टी हुँदै अहिले जसपाको नेतृत्वमा रहेका भट्टराई र प्रचण्ड एउटै मञ्चमा बिरलै देखिने गर्छन्। तत्कालिन माओवादी नेता भक्ति प्रसाद पाण्डेका चाचा पुस्तक बिमाेचनमा एकै मञ्चमा देखिएका बाबुराम र प्रचण्ड एकपट राष्ट्रिय सभामा देखिएपछि हालसम्म एउटृ मञ्मा देखिएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि भने ओलीको सो कदमविरुद्ध प्रचण्डलगायत आन्दोलनरत् नेकपा नेताहरु र जसपा नेता भट्टराईको धारणा समान रहँदै आएको छ। दुवै पक्षले ओलीको कदमविरुद्ध आन्दोलन चर्काउनु पर्नेमा जोड दिँदै आएका समयकाे याे भेटघाटले महत्वपूर्ण अर्थ राख्ने बुझिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*