झाँक्रीलाई थुनामा राख्न नसकेर केपी सरकारले रिहा गर्‍यो

निरन्तर न्यूज
२९ माघ २०७७, बिहीबार १९:०२

हेटौंडा । प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन्।

नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाले पाँच घण्टासम्म राखेर बिनाशर्त रिहा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलबाट पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ मा रहेको राज्यविरुद्धको कसुर अन्तर्गतको दफा ५८ बमोजिम प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*