बागमती प्रदेश सरकारकाे तीन वर्ष पुरा, पत्रकार, कर्मचारी, संघ संस्थाहरु सम्मानित
हेटौँडा । बागमती प्रदेश सरकारकाे तेस्रो बार्षिकोत्सव सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेश सरकारले नागरिककाे जीवनस्तरमा सुधार गरि सामाजिक न्याय सहितकाे सुशासन कायम राखेकाे बताए ।
कार्यक्रम सभाध्यक्ष मुख्यमन्त्री डाेरमणी पाैडेलले प्रदेश सरकारले ५ वर्षे आवधिका याेजना बनाएर काम गरिरहेकाे बताए । मुख्यमन्त्री पाैडेलले सरकारलाई चाैतर्फी रुपमा आक्रमण भैरहेकाे अवस्थामा पनि परिमाण देखिन ढंगले काम गरिरहेकाे बताए । ५८ वटा कानून र नियमावली समेत बनिसकेकाेले सधैभरी कानून छैन भनेर बस्न नहुने बताए । कर्मचारीकाे बल र सहयाेगले सरकार यहाँसम्म आइपुगेकाे भन्दै मुख्यमन्त्री पाैडेलले कर्मचारीलाई धन्यवाद दिए ।
कार्यक्रममा बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ, भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भुमी व्यवस्थाप कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद दुङगेल, बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर विके विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल टेलिभिजन मकवानपुर सम्वाददा दिपेन्द्र राेक्कालाई सम्मान गरिएकाे छ । राेक्कासहित प्रदेश सरकार मातहतका कार्यालयमा कार्यरत कर्मचारी, विभिन्न संघ संस्था,बैज्ञानिक लगायतलाई सम्मान गरिएको थियो। बागमती प्रदेश सरकारको ३ बर्ष नामक पुस्तक पनि बिमोचन गरिएको थियाे ।
कार्यक्रममा बागमती प्रदेश सभाका मकवानपुरका प्रदेश सभा सदस्यहरु उपस्थित भएका थिएनन् । नेकपा प्रचण्ड माधव समूहका सदस्यहरु भएकाेले उपस्थित नभएकाे सहभागिले आकलन गरेका थिए । तर प्रम्ख प्रतिपक्षि दलका नेता इन्द्र बहादुर बाँनीया भने किन अनुपस्थित भए भन्ने कुरा सबैकाे चासाेकाे विषय बनेकाे छ ।