ओली प्रतिगमनको प्रतीक हुन् उनी पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढे : माधव नेपाल
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।
संसद विघटन विरुद्ध नेकपाको सो समूहले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दे नेपाले प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान मिच्ने काम भएको बताएका हुन् ।
उनले भने, ‘जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं। लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ, ‘आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ।’
मदन भण्डारीलाई विर्सेर ओलीले पशुपतिनाथ जपिराखेको आरोप लगाएका उनले ओलीको पाप कसैले पनि धोईपखाली गर्न नसक्ने बताए । ओलीसँग केही हजार मानिस मात्रै रहेको दाबी गरेका उनले भने, ‘ओली प्रतिगमनको प्रतीक हुन् उनी पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढेका छन् ।