हेटाैँडामा सशस्त्र प्रहरी गणकाे भबन बन्याे
हेटाैँडा । सशस्त्र प्रहरी बल बागमती प्रदेशकाे हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा नवनिर्मित भवनकाे उद्घाटन भएकाे छ । बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयको नवनिर्मित भबनको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् ।
भवन उद्घाटन समाराेहमा मुख्यमन्त्री पौडेलले सरकारले प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निकायको भौतिक संरचना भवन निर्माण गरिरहेको र केहि सम्पन्न भइसकेको बताए । सरकारले सुरुवाती चरणमा ४६ वटा प्रहरीका चौकी, इलाका, गण लगायतका भवनमध्ये कम्तिमा १७–१८ वटा सम्पन्न भएका केहि सम्पन्नको तयारी अवस्थामा रहेको बताए ।
उनले सुकुम्बासीको जस्तो अवस्था प्रहरीमा थियो, खरको छानो, जस्तापाताले बारेको अनि अर्काको घरमा साहारा लिनुपर्ने बाध्यता रहेको अवस्थाले प्रहरीमा आत्मबल बढाउनको लागि भौतिक संरचना निर्माण गरिएको बताए । ।
नेपाल प्रहरी भौतिक पुर्वाधार शाखाका प्रहरी निरीक्षक ईन्जिनियर ईश्वर थापाले बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयको कार्यालय १२ बिघा १२ कट्ठा ३ धुर क्षेत्रफलमा फैलिएको बताउनुभयो । ३३४ वर्गमिटर व्यारेकको भवन रहेको भ्याट सहित ४ करोड ३९ लाख २२ हजार ७११ लागतमाा निर्माण सम्पन्न भएको बताए ।
कार्यक्रममा बागमती प्रदेश प्रदेशका प्रमुख सचिव डा.मान बहादुर विके, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा, मध्यपृतना मुख्यालयका उपरथी अशोकराज सिग्देल, राष्ट्रिय अनुसन्धानका बागमती प्रदेशका निर्देशक सुमन वैद्य, मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर लगायतको सहभागिता रहेको थियो ।