ओली निकट प्रेस संगठन मकवानपुरको संयोजकमा धर्मेन्द्र र सहसंयोजकमा पुष्पराज चयन

निरन्तर न्यूज
२७ माघ २०७७, मंगलवार १९:५९

हेटौंडा । नेकपा ओली पक्षको पत्रकार संगठन प्रेस संगठन मकवानपुरको संयोजकको जिम्मेवारी धर्मेन्द्र दाहाललाई दिईएको छ । प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको आज बसेको बैठकले प्रदेश भित्रका १० जिल्लाका संयोजक र सह-संयोजकको जिम्मेवारी हेरफेर गरे संगै मकवानपुरको संयोजकको जिम्मेवारी दाहालले पाएका हुन् । यसैगरि बैठकले सह-संयोजकको जिम्मेवारी पुष्पराज अधिकारीलाई दिएको छ ।

यसैगरि बैठकको निर्णयले चितवनको जिल्ला संयोजकमा सुबास पण्डित र सह-संयोजकमा कृष्ण आचार्यलाई चयन गरेको छ । त्यसैगरि काभ्रेपलान्चोकको संयोजकमा भुवन रायमाझी र सह-संयोजकमा राम शुन्दर आचार्यलाई जिम्मेवारी दिईएको छ । सिन्धुपाल्चोकको संयोजकमा बिदुर आचार्य र सह-संयोजकमा नानीराम नेपाललाई जिम्मेवारी प्रदान गरेको छ ।

दोलखाको संयोजकमा प्रभु जिरेल, सह-संयोजकमा ताराबहादुर महत चयन भएका छन भने रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह-संयोजकमा मेखबहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ । सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह-संयोजकमा बिनय दाहाल (वाईबी) तथा रसुवाको संयोजकमा बलराम घिमिरे र सह संयोजकमा प्रेम पौडेललाई जिम्मेवारी दिईएको छ ।

सो बैठकले धादिङको संयोजकमा सरोज पौडेल र सह-संयोजकमा राजन सिल्वाल तथा नुवाकोटको संयोजकमा नवदिप अजनवी र सह(संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिईएको छ ।

काठमाडौंमा सम्पन्न प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको बैठकले १ हप्ता भित्र प्रदेश भित्रका जिल्ला कमिटीको सदस्यहरुको पनि पुर्णता दिई नामावली पठाउन निर्देशन दिएको छ । सो बैठकले आगामी फाल्गुनको दोस्रो हप्ता भित्र प्रेस संगठन नेपालको बागमती प्रदेश स्तरिय भेला गर्ने समेत निर्णय गरेको छ ।

साथै बैठकले सरकारले निशुल्क उपलब्ध गराउने कोरोनाको खोप सम्पुर्ण जिल्लामा सबै पत्रकारहरुलाई तुरुन्त लगाउनका लागि आबश्यक ब्यबस्था मिलाउन अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*