मकवानपुरसहित ३७ जिल्लामा बैशाख २७ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्काे निर्णय
हेटौँडा। मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बसेको बैठकले प्रदेश र जिल्ला विभाजन गर्दै २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।
जसमा वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुने निर्णय गरेको जनाइएको छ।
यससँगै बागमती प्रदेशकाे राजधानी मकवानपुरकाे हेटाैँडासहित कुल ३७ जिल्लामा दाेश्राे चरण बैशाख २७ गते निर्वाचन हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै बैशाखमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेका थिए।