संयुक्त आन्दोलनमा जाँदा काँग्रेसलाई घाटा हुने : शशांक काेइरला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संयुक्त आन्दोलनमा जाँदा पार्टीलाई घाटा हुने टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेससहित सबै पक्ष मिलेर संयुक्त आन्दोलनमा जानुपर्ने पक्षमा पार्टीभित्रै कुरा उठिरहेको बेला महामन्त्री कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो आफ्नै अस्तित्व छ, विचार छ। संयुक्त आन्दोलनमा जान हुँदैन।’
उनले अहिलेक} अवस्थामा कांग्रेसको भविष्य उज्ज्वल रहेको आफ्नो निष्कर्ष पनि सुनाए । नेकपाभित्र विवाद भएका बेला त्यसको फाइदा कांग्रेसलाई पुग्ने सभापति देउवाको बुझाईसँग उनको बुझाई नजिक पुगेको अनुमान गरिएको छ ।
उनले भने, ‘मैले राजनीतिक दृष्टिकोणले भनेको संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ, आन्दोलन गर्दा कसैसँग मिल्न हुन्न । हामीलाई घाटा हुन्छ ।’
महामन्त्री कोइरालाले उपयुक्त बाटोको रुपमा आफ्ना कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाई लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको बताए ।