बिष्णु पाैडेल निकट आयुक्त भण्डारीलाई नेकपा विवाद हेर्ने जिम्मा

निरन्तर न्यूज
२६ माघ २०७७, सोमबार १७:३५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउने जिम्मेवारी विष्णु पौडेल निकट नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिइएको छ । माघ २१ मा पदभार सम्हाल्लेका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका छन् ।

गत शुक्रबार यो जिम्मेवारी पाएलगत्तै वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारी नेकपाको विवादसम्बन्धी कागजपत्रको अध्ययनमा लागेका छन् । विवादसम्बन्धी निर्णय भने आयुक्तहरूले सामूहिकरुपमै लिने बताइएको छ । मत बाझिने अवस्था आउँदा बहुमतले निर्णय गर्ने र बराबरी मत हुँदा प्रमुख आयुक्तले भोट दिने व्यवस्था छ ।

आयुक्त भण्डारी लगायत संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*