मंगलबारको संवैधानिक इजलास नबस्ने
काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार कामकाज प्रभावित हुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको सोमबार निधन भएकाले बिदा हुने भएको हो । यसबाट मंगलबारको संवैधानिक इजलास पनि नबस्ने भएको हो ।
मंगलबार अदालतका अन्य प्रशासनिक कामकारबाही भने सञ्चालन हुनेछ । पुस ५ गते प्रतिनिधिसभा विघटनसँगै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेपछि लामो समयदेखि संवैधानिक इजलास जारी छ ।
प्रधानन्यायाधीशले यो महिनाभित्र सरकार पक्षीय बहस सक्ने संकेत गरेका छन् । प्रधानमन्त्रीका निजी वकिलको बहस सकिएपछि सभामुखका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । त्यसपछि विज्ञहरूको समूह ‘एमीकस क्युरी’ले आफ्ना धारणा राख्नेछ ।