शनिबार कांग्रेस शुभेच्छुक संगठनले हेटौंडामा विरोध प्रदर्शन गर्ने

निरन्तर न्यूज
२३ माघ २०७७, शुक्रबार १९:२९

हेटौंडा । नेपाली कांग्रेसका शुभेच्छुक संगठनले हेटौंडामा विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा शनिबार कांग्रेसका शुभेच्छुक संगठनले विरोध प्रदर्शन गर्ने भएको हो ।
हेटौंडास्थित जिल्ला पार्टी कार्यालयबाट र्यालीसहित मानसचोक, लोकप्रिय चोक हुँदै बजार परिक्रमा गरि बुद्धचोकमा विरोध सभा गर्न लागेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, प्रजातान्त्रिक खेलकुद संघ, प्रेस युनियन, व्युटिशियन संघ लगायतका शुभेच्छुक संगठनका पदाधिकारी र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मासहित जिल्ला नेताहरूको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*