शीतल निवासमा नागरिक आन्दोलनको मार्च पास

निरन्तर न्यूज
२३ माघ २०७७, शुक्रबार ०९:१६

काठमाडौं । नागरिक समाजले आज बिहानै शीतल निवास नजिक मार्च पास गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो ।

नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् ।

उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्जा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए । अनलाइनखबरबाट तश्विरसहित साभार गरिएकाे खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*