जसपाकाे आन्दोलनका थप कार्यक्रम सार्वजनिक
काठमाडौं । जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका सूचना तथा प्रचार विभागका प्रमुख डम्बर खतिवडाका अनुसार जसपाले केही जिल्ला केन्द्रित कार्यक्रम तय गरेको हो ।
माघ २३ गते सबै जिल्लामा जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन र माघ २८ गते सबै जिल्लामा मसाल जुलुसको कार्यक्रम जसपाले तय गरेको छ ।
‘संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिकाहरु र वडास्तरमा स्थानीय स्थिति अनुरुप विरोध कार्यक्रमहरु निर्धारण गरी आन्दोलनलाई निरन्तरता दिनेछौं,’ खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।