भूमि आयोग मकवानपुरको अध्यक्षमा रामेश्वर राना, बिज्ञमा रिजाल र सदस्यमा श्रेष्ठ नियुक्त
हेटौंडा । भूमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरको अध्यक्षमा रामेश्वर राना मगर नियुक्त हुनु भएको छ । मन्त्रीपरिषदको बैठकले आयोग मकवानपुरको अध्यक्षमा उहाँलाई नियुक्त गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका सहइन्चार्ज समेत रहनुभएका रानालाई आयोगको जिल्ला अध्यक्षमा नियुक्त गरेको हो । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले अध्यक्षमा उहाँलाई नियुक्त गरेको हो ।
निरन्तर न्युजलाई प्रतिक्रिया दिदै नव निर्वाचित अध्यक्ष रानाले अव्यवस्थि बसाेबासी र दलित भुमिहिन सुकुम्बासीकाे क्षेेेत्रमा काम गर्नुपर्ने भएकाे जनताकाे सराेकारकाे विषरयमा सबैपक्षसँग सहकार्य समन्वय गरेर परिणाममुखि कार्ष गर्ने बताउनुभयाे । अध्यक्ष रानाले आफ्नाे अधिकारकाे सीमाभित्र रहेर स्थानीय निर्वाचित जनप्रतिनिधि, राज्यका आधिकारीक निकाय तथा सम्वन्धित विज्ञसँग प्रभावकारी समन्वय गरेर जनतालाई सेवा सुविधा दिने सबालमा गम्भीर हिसाबले लाग्ने बताउनुभयाे ।
अध्यक्ष रानासँगै आयोगको विज्ञमा हेटौंडा उपमहानगर ४ का तुलसी प्रसाद रिजाल र सदस्यमा हेटौंडा ८ का प्रतिमा श्रेष्ठलाई नियुक्त गरेको छ । समितिको अध्यक्षले नेपाल सरकारको सह सचिवको सुविधा पाउनेछन् भने विज्ञ र सदस्यले उप सचिव सो सरहको सुविधा पाउनेछन् ।
सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष, विज्ञ र सदस्य नियुक्त गरेको हो ।