प्रचण्ड-माधव समूहका अनेरास्ववियुका नेता कार्की प्रहरीद्वारा कुटिए

निरन्तर न्यूज
२० माघ २०७७, मंगलवार ०६:५७

काठमाडौं । विभाजित नेकपाको दाहाल-नेपाल समूहनिकट अनेरास्ववियुका एक नेतालाई प्रहरीले पक्राउपछि निर्घात कुटपिट गरेको उक्त समूहले जनाएको छ । नेकपाको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशुन कार्कीलाई प्रहरीले निर्घात कुटपिट गरेको हो ।

‘असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध आज अनेरास्ववियूको आयोजनामा काठमाडौंको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा राखेपछि प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रीय संघर्ष समिति घोर निन्दा गर्दछ,’ भट्टराईद्वारा सोमबार अपरान्ह जारी प्रेस नोटमा भनिएको छ ।

प्रहरीको कुटाईबाट कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको भट्टराईले जानकारी दिएका छन् । ‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौं,’ उनले भनेका छन्, ‘आन्दोलनकरीहरुमाथि कार्बाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितिले नोटिसमा राख्ने जानकारी समेत गराउँदछौ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*