प्रमले प्रतिनिधिसभा विघटन गर्नेवारे संविधानमा केही अस्पष्टता छ : कमल थापा
काठमाण्डाैँ । राप्रपाका अध्यक्ष कमल थापाले नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु प्रजातन्त्र सम्मत नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीको पक्षधर जस्तो देखिएका थापाले केपी ओलीको असफलता र अकर्मन्यताबाट मुक्ति पाउनका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् ।
थापाले शनिबार बिहान सामाजिक सञ्जालबाट भनेका छन्, ‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान प्रजातन्त्र सम्मत छैन । नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन । संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्ति हो । केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ ।’
थापाको स्टाटसः
नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्र सम्मत छैन । नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन।संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो।केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिकोलागि पनि ताजा जनादेश उपयुक्त हुन्छ ।
बहुमत प्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेवारे संविधानमा केही अस्पष्टता छ,त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ।यसमा व्याख्याको जरुरी छ।संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो । संविधानको आशय स्थिरता हो। विघटनले होइन,पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ ।
विगतको अनुभव दृष्टिगतगर्दै संविधानले स्थिरतालाई जोडदिएको हो।चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर,सांसद किनबेच गरेर,अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन।वहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो ।
निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जनागर्ने कार्यले बरु संविधान र प्रजातन्त्रलाई कमजोर बनाउंछ। सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णयगर्न ढिलो हुंदा राजनीतिक दल/नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ ।