मकवानपुरकाे मनहरीमा ५ कराेड लागतमा पक्की पुल बन्ने

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वार शिलान्यास
निरन्तर न्यूज
१६ माघ २०७७, शुक्रबार १०:५७

हेटाैँडा । पश्चिमी मकवानपुरकाे मनहरी गाउँपालिका वडा नम्वर–३ स्थित हाँडीखोलामा निर्माण गर्न लागिएको ५ कराेड ३५ लाख रुपैया लागत बराबरकाे पक्की पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नु भएको छ ।

मुख्यमन्त्री पौडेलले गाउँपालिकाले विकास निर्माणका कामलाई तीब्रता दिएकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट पनि १ करोड ५० लाख रुपैयाँ प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पुल निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी लगायत सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चालु आर्थिक वर्षमा उक्त पुल निर्माणको लागि लागि ५ करोड ३५ लाख ५१ हजार ५२५ रुपैयाँ बजेट विनियोजन गरिएको र निर्माण व्यवसायीबाट पनि तोकिएको समय अगाबै पुल निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता प्राप्त भएको जानकारी दिनुभयो । कार्यक्रममा  गत स्थानीय निर्वाचनमा मनहरी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारहरु रामहरि सुवेदी र शंकर न्यौपाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*