प्रधानमन्त्री ओलीकाे कदमबिरुद्ध आम जनता एकभई खबरदारी गर्न जरुरी : कमान सिं पाख्रिन
हेटाैँडा । नेपाल कम्युनिष्ट पार्टी मकवानपुर (प्रचण्ड-माधव समुह) काे बागमती गाउँपालिका वार्ड नम्बर -९ बेतीनीमा वडा स्तरीय अगुवा नेता-कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य एवम् संगठन विभाग सह-संयोजक कमान सिं पाख्रिन (पृथक)ले प्रधानमन्त्री केपी ओलीले चालेको कदम देश र जनताको हित विपरीत रहेकाे स्पष्ट पार्नुभयाे । नेता पाख्रिनले प्रधानमन्त्रीकाे कदम असंवैधानिक र अलोकतान्त्रिक भएकाेले यसले अराजकता निम्त्याएको बताउनुभयाे ।
देशलाई अस्थिरतातर्फ धकेिलदै जाने र जनतालाई गरिबमाथि झन गरिब बनाउने तर्फ याे कदम अग्रसर हुने उहाँकाे भनाई छ । समृद्धिका लागि मत दिएका जनतामाथि नै असम्वैधानिक कदम लाद्न खाेज्ने केपी कदम बिरुद्ध आम जनता एकभई खबरदारी गर्न जरुरी भएकाे बताउनुभयाे ।
पार्टिका बागमती गाउँपालिका ९ नम्बर वडा कमिटी इन्चार्ज क्षेत्र रानाको सभाध्यक्षतामा भएको कार्यक्रममा शहीद परिवार भिम रखाल, जिल्ला सचिवालय सदस्य सागर भोलन, जिल्ला कमिटी सदस्य मंगल रखाल, नेकपा बागमती गाउँपालिका सचिवालय सदस्य कुसल थिङ, इन्द्र थोकर, खड्ग पुलामी, अशोक लामा, सुरेस तुम्सिङ मगरलगायतले मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।