कानुनविद्सहित ७ जना निर्वाचन आयोगमा उपस्थित हुने ओली समूहको तयारी

निरन्तर न्यूज
१६ माघ २०७७, शुक्रबार १०:२०

काठमाडाैं । नेकपा ओली समूहले दुई कानुनविद्सहित ७ जना निर्वाचन आयोगमा उपस्थित हुने तयारी गरेको छ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड – माधव नेपाल समूहलाई छलफलमा बोलाएको थियो । चुनावको प्रयोजनबारे छलफलका लागि दुवै समूहलाई शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका अधिकारिक ५ जना बोलाएकोमा दुवै समूहका अध्यक्ष भने सहभागी नहुने भएका छन् ।

आयोगले ५ जना सहभागी हुन भनेको तर आफूहरुले भने दुई जना कानुनविद्सहित ७ जना सहभागी हुने प्रस्ताव गरेको छ। उक्त समूहबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, दुई कानुनविद् र अरु नेताहरुसहित ७ जना छलफलमा सहभागी हुने तयारी गरेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि राष्ट्रपति विद्या भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटन भएपछि नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*