माघ २८ मा नेकपा प्रचण्ड-माधव समुहकाे काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी

निरन्तर न्यूज
१५ माघ २०७७, बिहीबार ११:०९

काठमाडौं, १५ माघ । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी सुरु गरेको छ । पार्टीका नेता विष्णु रिजालका अनुसार नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको विहीबार बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्‍याउनेमा जोड दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनम र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

नेता रिजालका अनुसार आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने बताए । अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिए ।

बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको नेता रिजालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*