प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमलाई जनताले साथ दिदैनन् : सर्केस घलान
हेटाैँडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड-माधव समुह) मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्वर २ राइगाउँमा वडा स्तरीय अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उक्त पार्टीका बागमती प्रदेश कमिटी सदस्य सर्केस घलानले प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमलाई जनताले साथ नदिने ठाेकुवा गर्नुभयाे । बागमती गाउँपालिकाका अध्यक्ष रहेका नेता घलानले ओलीले आफ्नो असफलता लुकाउन प्रतिनिधिसभा विघटन गरेको र ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको बदनाम गराएर देशलाई अध्यारोतर्फ धकेल्न खाेजेकाे आराेप लगाउनुभयाे ।
नेकपा जिल्ला सचिवालय सदस्य एवम् मकवानपुर जिल्ला संगठन विभाग सह-संयोजक कमान सिं पाख्रिन (पृथक) ले प्रधानमन्त्री ओलीले अराजकता र भ्रष्टहरुको संरक्षण नेतृत्व दिइरहेको आराेप लगाउनुभयाे । नेता पाख्रीनले ओलीले संघीय गणतान्त्रिक संविधानमाथि आक्रमण गरेर कम्युनिष्ट छविकाे साथसाथै जनविश्वास गुमाइसकेकाेमा सम्पूर्णलाई स्पष्ट हुन आग्रह गर्नुभयाे ।
नेकपा बागमती गाउँपालिका वार्ड नम्बर २ का पार्टी अध्यक्ष सुदर्शन घिमिरेकाे सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य ज्ञान सागर भोलन, जिल्ला कमिटी सदस्य बच्छु खड्का गोले, मंगल रखाल मगर, गाउँपालिका पार्टी कमिटी अध्यक्ष अरुण बल, कार्यालय सदस्य एवम् ४ नम्बर वडा अध्यक्ष रहरमान थिङ, सचिवालय सदस्य एवम् वडा कमिटी इन्चार्ज प्रभात लामा, मुक्ति लामा, मनोज बल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।